१९ मंसिर २०८०, मंगलबार

८२ प्रतिशतले वृद्धि पाकिस्तानको कपास उत्पादनमा



राजधानी लाइभ ककाठमाडौंँ।

पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ ।

गत वर्ष बाढी र भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेपछि ३७ लाख भारी उत्पादन भएको कपास यस बर्ष अक्टोबर ३१ सम्ममा नै करिब ६८ लाख भारी उत्पादन भई देशभरका जिनिङ फ्याक्ट्रीमा आइपुगेको छ ।

गत वर्ष लगभग पूरै बाली गुमाएको दक्षिण सिन्ध प्रान्तमा यस वर्ष कपास उत्पादनमा १३२ प्रतिशतले वृद्धि भएको सङ्घले जनाएको छ ।

तथापि, उत्पादनमा वृद्धि भए तापनि, देशले अझै पनि कपडा उद्योगको आवश्यकता पूरा गर्न कपास आयात गर्न आवश्यक छ ।

सङ्घीय कृषि समिति तय गरेको लक्ष्यअनुसार पाकिस्तानलाई टेक्सटाइल क्षेत्रमा खपतका लागि एक करोड १५ लाख भारी कपास आवश्यक पर्छ ।

यस वर्ष कपासको कुल उत्पादन करिब ९५ लाख भारी हुने अनुमान गरिएको छ भने कपडा व्यवसायीले थप २० लाख भारी आयात गर्नुपर्ने सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : ४६ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ