१९ फाल्गुन २०८०, शनिबार

सुनको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?



राजधानी लाइभ, काठमाडौं ।

एकपछि अर्को रेकर्ड ब्रेक गर्दै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (आइतबार) साताको पहिलो कारोबार दिन सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा एकैदिन एक हजार आठ सय रुपैयाँ वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार तोलाको एक लाख १८ हजार ४५० रुपैयाँ मूल्य तोकिएको थियो ।

तेजाबी सुनको मूल्यमा भने आज एक हजार ७५० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा भने आज पाँच रुपैयाँ बढेर एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला एक हजार ५४० रुपैयाँ मूल्य तोकिएको थियो ।

नेपाली बजारमा मंसिर महिना लागेयता सुनको मूल्य निरन्तर आकासिँदै गएको छ । मंसिर महिना विवाहको सिजन भएकाले सुनको माग उच्च हुने गरेको छ । यद्यपि, महासंघले अन्तर्राष्ट्रिय बजारमासमेत सुनको मूल्य बढेकाले महँगिएको जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ११ : ५८ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू