१९ फाल्गुन २०८०, शनिबार

अहिले नै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड



राजधानी लाइभ, काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । आइतबार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पारेका हुन् ।

प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन बाहिर हल्ला फिँजाउनका लागि मात्रै भएको बताए । उनले भने, ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रीमण्डल पुनर्गठन हुन्छ । को मन्त्री हट्छ, को आउँछ, गृहमन्त्री हट्ने भन्ने कुरा धेरै भयो । तर अहिले कुनै त्यस्तो हामीले गठबन्धन भित्र छलफल पनि छैन, कुरा पनि छैन, सोचिएको पनि छैन, म आफैँ प्रधानमन्त्री छु, मेरो दिमागमै छैन । त्यसकारण यो कुरा हल्ला मात्रै हो, सत्यता छैन ।’

प्रधानमन्त्री प्रचण्डले दुबई भ्रमणका क्रममा दुबई जानबाट वञ्चित भएका ३१ जना यात्रुहरू छुटेकोप्रति दुःख व्यक्त गरे । उनले आफूलाई दुई घण्टा अघि सार्दा सो यात्रुहरू छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने बताए ।

प्रचण्डले भने, ‘यदि मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ । उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ ।’ प्रधानमन्त्री प्रचण्डले समग्रमा कोप २८ मा नेपालको तर्फबाट महत्त्वपूर्ण प्रस्ताव र कुरा राखेको बताए ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : ५५ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू