१९ फाल्गुन २०८०, शनिबार

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग



राजधानी लाइभ, धरान ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउन माग गरिएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेश कार्य समितिले सो माग गर्दै प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको हो ।

एसोसिएसनले आइतबार दिउँसो प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा हाल प्रतिष्ठानको फार्मेसीमा कार्यरत फार्मेसी सहायकहरू टेन्डरमार्फत बाह्य कम्पनीबाट काम गराइएकाले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अस्पतालकै मातहत ल्याउनुपर्ने माग गरिएको छ ।

त्यस्तै निर्देशिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार फार्मेसी सञ्चालन गरिनुपर्ने र अस्पतालमा अतिआवश्यक औषधि र प्रविधिजन्य स्वास्थ्यसामग्री उपलब्धता नहुने भएकाले बिरामीले दुःख भोगिरहेको हुँदा यस्ता औषधि र स्वास्थ्यसामग्री शीघ्र उपलब्ध गराउन माग गरिएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १० : २३ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू