१४ आश्विन २०८०, आइतबार

मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचारी ठहर, ६ महिना कैद र ७० हजार जरिवाना

राजधानी लाइभ, जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्तासहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।विशेष अदालतको शुक्रबारको इजलासले मेयर गुप्ता र सोही नगरपालिकाका इन्जिनियर रामचन्द्र साहले भ्रष्टाचार गरेको ठहर गरेको हो । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारूको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको छ…